३ माघ २०७८, सोमबार

शैक्षिक प्रबिधिको बिकास गरि सबै विद्यार्थीहरुको पहुँचमा पुर्याउने पहिलो प्राथमिकताः अधिकारी

कार्तिक ८, दमौली

जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने व्यास नपा–२ स्थित सत्यवती माविको व्यवस्थापन समितिको अध्यक्ष पदको लागि कार्तिक १० गते निर्वाचन हुने भएको छ । व्यास नगरपालिकाले यस अघि अवधि पुगेका सबै सामुदायीक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठनको आह्वान गरेसँगै सत्यवती माविमा पनि नयाँ समिति चयन प्रक्रिया सुरु भएको हो ।

निर्वाचनको मिति तोकिएपछि चुनावी माहौल सुरु भएको छ । उम्मेदबारी दर्ता भने यस अघि नै भईसकेको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । माधव अधिकारी, शुरेश वाग्ले, सुर्यचन्द्र लम्साल र करुण काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । समितिको सदस्यमा भने रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत चयन भईसकेको छन् ।

उम्मेदबारहरु विच सहमती गराउन सामूहिक तथा व्यक्तिगत रुपमा समेत पटक÷पटक प्रयास भएपनि कोही पनि उम्मेदवार सहमतिका लागि तयार भएका छैनन् । यद्यपी चुनावको दिनसम्म कति उम्मेदबार मैदानमा रहन्छन् भन्ने यकिन छैन । सत्यवतीमा १८ सय भन्दा बढि अभिभावक रहेका छन् ।

अध्यक्षको उम्मेदवारी दिएका माधव अधिकारीले सत्यवतीलाई नेपालकै नमुना सामुदायीक विद्यालय बनाउने प्रतिबद्धता जनाएका छन् । पुर्बज समितिहरुको कुशल ब्यबस्थापन, विद्यालय प्रशासन एबम गुरुहरुको अथक मेहनत र अभिभावकहरुको खबरदारीले आज गर्व गर्न लायक विद्यालय बनेको अधिकारीले बताएका छन् । लोकवाणीसँग कुरा गर्दै अधिकारीले सबै अग्रजहरुको प्रेरणालाई अनुशरण गर्दै पछिल्लो समयमा शैक्षिक क्षेत्रमा हुदै गएको प्रबिधिको बिकास सँगै सबै विद्यार्थीहरु को पहुँचमा पु¥याउन सक्नु नै अहिले को मुख्य चुनौती भएको बताए ।

सबै बिचार र समुदाय एबम बर्गलाई एकीकृत गर्दै नयाँ ढंगबाट विद्यालयको शैक्षिक गुणस्तर अगाडि बढाउन विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा उम्मेद्बारी दिएको अधिकारीले बताएका छन् । बिगतमा विद्यालयको विभिन्न समितिमा रहेर काम गरेको अनुभवलाई आत्मसाथ गर्दै सम्पुर्ण विद्यार्थी अभिभावकहरु को भावना अनुसार विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धताका साथ सम्पूर्ण अभिभावक माझ आएको भन्दै अधिकारीले अमुल्य मत प्रदान गरि सेवा गर्ने अबसर प्राप्त गर्ने बिश्वास लिएको बताएका छन् ।

विगतमा एक कार्यकाल समितिमा रहेर काम गर्दाको अनुभबले थुप्रै काम हरु अधुरो रहेको महसुस गरेको भन्दै उनले पुर्बज समितिहरुको कुशल ब्यबस्थापन विद्यालय प्रशासन एबम गुरुहरुको अथक मेहनत र अभिभावकहरुको खबरदारीले आज गर्व गर्न लायक विद्यालय बनेको बताए । उनले सम्पुर्ण विद्यार्थी एवं अभिभावकहरुको भावना अनुसार विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । आफ्नो पछाडी कति जना प्रतिस्पर्धी भएकोमा आफुलाई कुनै सरोकार नभएको भन्दै उनले ७० प्रतिशत भन्दा बढी अभिभाबक को सल्लाह सुझाब र माया रहेको दाबी गरे ।

राजनीतिक हस्तक्षेपले सहमती हुन नसकेको तर्फ संकेत गर्दै अधिकारीले आफु कहिल्यै पनि सहमतीको बाधक नभएको बताए । तर कसैको व्यक्तिगत स्वार्थ पुरा गर्नकोलागि आफुले उम्मेदवारी फिर्ता लिन नसक्ने उनको भनाई छ । सत्यवती माविलाई शैक्षिक क्षेत्रमा नयाँ ढङ्गबाट अगाडी बढाउने उद्देश्यका साथ युवा जोस र जागरका साथ चुनावी मैदानमा आएको भन्दै अधिकारीले बिगतमा काम गरेको अनुभब तथा अग्रजहरुको सल्लाह सुझाबलाइ मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यसैले कार्तिक १० गते हुने निर्वाचनमा अध्यक्ष पदमा आफुलाई भारी मतका साथ बिजय बनाएर काम गर्ने अवसर दिनेमा ढुक्क भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको