३ माघ २०७८, सोमबार

ब्याडमिन्टनको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबलाई

आशिक राना
देवघाट, कार्तिक १४

देवघाटमा आयोजित प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ब्यामिन्टन प्रतियोगिताको उपाधी उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबले हात पारेको छ । शनिबार देवघाटमा सम्पन्न प्रतियोगिताको फाईनलमा पुर्वी चितवन स्पोर्ट्स क्लबका केवल न्यौपाने र पुस्कर रिमालको जोडीले उपाधी हात पारेको हो ।

देवघाट गाउँपालिका–५ को धर्मार्थ अस्पतालको प्राङ्गणमा आयोजित प्रतियोगिताको फाईनलमा पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरीलाई सोझो सेटमा पछि पार्दै पुर्वी चितवनका न्यौपाने र रिमालले उपाधि चुम्न सफल भएका हुन् ।

प्रतियोगिताको दोश्रो स्थान पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरी तथा व्यास नगरपालिका ब्याडमिन्टन संघका बिनोद चौधरी, बुचन्दर गुरुङको जोडी तथा चितवन जिल्ला ब्याडमिन्टन संघका प्रकाश श्रेष्ठ र बिष्णु दवाडीको जोडी तृतीय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले क्रमशः पच्चीस हजार, पन्ध्र हजार र तृतीय हुने दुई टिमले पाँच÷पाँच हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्वपूर्ण भुमिका रहने बताउदै दुव्र्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सही मार्गमा डोहो¥याउन सकिने बताए ।

प्रतियोगितामा तनहुँ, चितवन र नवलपुरका २५ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे बन्न सफल भएको थिए ।

कार्यक्रममा देवघाट नेकपा एमाले पार्टी अध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ती, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट ब्याडमिन्टन संघका संरक्षक चन्द्रप्रकाश दवाडी, समाजसेवी अर्जुन अधिकारी लगाएतको उपस्थिति रहेकोे थियो भने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको