३ माघ २०७८, सोमबार

सुनचाँदी व्यवसायी संघ तनहुँमा विनोद

दमौली, कार्तिक १५

सुनचाँदी व्यवसायी संघ तनहूँको अध्यक्षमा विनोदकुमार विक निर्वाचित भएका छन् । शनिबार दमौलीमा सम्पन्न भएको संघको तेश्रो अधिवेशनबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा विकले ९२ मत तथा अर्का प्रत्यासी एक बहादुर विकले ७५ मत पाएका थिए ।

संघको उपाध्यक्षमा हरि गहतराज निर्वाचित भएका छन् । निर्वाचनमा गहतराजले ९० मत पाएका थिए भने उनको प्रतिद्वन्द्वी भिमबहादुर विकले ७९ मत पाएका थिए । त्यस्तै सचिवमा पदमबहादुर सुनारले एक सय मत प्राप्त गरि बिजयी भए भने उनका प्रतिद्वन्द्वी पूर्णबहादुर विकले ६३ मत पाएका थिए ।

संघका निवर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको सो अधिवेशनको गन्डकी प्रदेशका विना विभागिय मन्त्री डोवाटे विकले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको