३ माघ २०७८, सोमबार

सत्यवतीको निर्वाचन कार्तिक २७ मा

दमौली, कार्तिक २५

जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने व्यास नपा २ स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदको लागि कार्तिक २७ गते निर्वाचन हुने भएको छ । यस अघि कार्तिक १० गतेको लागि निर्वाचन कार्यक्रम तोकिएकोमा उक्त दिन सम्पुर्ण तयारी नपुगेको भन्दै आगामी शनिबारकोलागि निर्वाचनको मिति तोकिएको छ । व्यास नगरपालिकाले यस अघि अवधि पुगेका सबै सामुदायीक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठनको आह्वान गरेसँगै सत्यवती माविमा पनि नयाँ समिति चयन प्रक्रिया सुरु भएको हो ।

निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहौल तातेको छ । उम्मेदबारी दर्ता भने यस अघि नै भईसकेको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । माधव अधिकारी, शुरेश वाग्ले, सुर्यचन्द्र लम्साल र करुण काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । समितिको सदस्यमा भने रिता रेग्मी सिग्देल, गौरीशंकर थापा र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत चयन भईसकेको छन् ।

व्यास नगरपालिकाले अन्तरिम कालकोलागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी तोकेका व्यास नपा २ का वडाध्यक्ष काशिराम श्रेष्ठले आफूहरुले सामूहिक तथा व्यक्तिगत रुपमा समेत पटक पटक प्रयास गरे पनि कोही पनि उम्मेदवार सहमतिका लागि तयार नभएको बताए । यद्यपी चुनावको दिनसम्म कति उम्मेदबार मैदानमा रहन्छन् भन्ने यकिन छैन । सत्यवतीमा १८ सय भन्दा बढि अभिभावक रहेका छन् ।

अध्यक्षको उम्मेदवारी दिएका माधव अधिकारीले सत्यवतीलाई नेपालकै नमुना सामुदायीक विद्यालय बनाउने प्रतिबद्धता जनाएका छन् । पुर्बज समितिहरुको कुशल ब्यबस्थापन, विद्यालय प्रशासन एबम गुरुहरुको अथक मेहनत र अभिभावकहरुको खबरदारीले आज गर्व गर्न लायक विद्यालय बनेको अधिकारीले बताएका छन् ।

सबै अग्रजहरुको प्रेरणालाई अनुशरण गर्दै पछिल्लो समयमा शैक्षिक क्षेत्रमा हुदै गएको प्रबिधिको बिकास सँगै सबै विद्यार्थीहरु को पहुँचमा पु¥याउन सक्नु नै अहिले को मुख्य चुनौतीको बिषय भएको भन्दै अधिकारीले सबै बिचार र समुदाय एबम बर्गलाई एकीकृत गर्दै नयाँ ढंगबाट विद्यालयको शैक्षिक गुणस्तर अगाडि बढाउन विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा उम्मेद्बारी दिएको बताएका छन् । बिगतमा विद्यालयको विभिन्न समितिमा रहेर काम गरेको अनुभवलाई आत्मसाथ गर्दै सम्पुर्ण विद्यार्थी अभिभावकहरु को भावना अनुसार विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धताका साथ सम्पूर्ण अभिभावक माझ आएको भन्दै अधिकारीले अमुल्य मत प्रदान गरि सेवा गर्ने अबसर प्राप्त गर्ने बिश्वास लिएको बताएका छन् ।

त्यसैगरि अर्का उम्मेदवार शुर्यचन्द्र लम्सालले सामाजिक काम गर्ने शिलशिलामा विगतमा पनि सत्यवती माविमा बिगत ६ बर्षदेखि समितिमा रहि काम गर्दै आएको बताएका छन् । देशकै अनुशासित संस्था नेपाली सेनामा १८ बर्षको सेवा पश्चात् विभिन्न संस्थामा सफल नेतृत्व गरेको राम्रो अनुभव आफुसँग रहेको भन्दै उनले सत्यवती माविको विव्यवस गठन हुन गैरहेको अवस्थामा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

विभिन्न समयमा विद्यालयका लागि गरेको सेवा र योगदान सबै प्रष्ट रहेको भन्दै उनले विद्यालय प्रशासनलाई स्वच्छ र मर्यादित वनाई उपयुक्त शैक्षिक वातावरणमा वालमैत्री विद्यालय स्थापना गर्न मेरा सम्पूर्ण प्रयासहरु केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विद्यालयसँग सरोकार राख्ने विभिन्न संघ सस्थाहरु, वडा, नपा, प्रदेश, संघ समक्ष समन्वय गरी आफ्नो विद्यालयसँंगको सम्बन्ध राम्रो बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष पदका अन्य उम्मेदबारहरु शुरेश वाग्ले र करुणराज काफ्लेले पनि आफुले अध्यक्ष जितेमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको