३ माघ २०७८, सोमबार

गुणस्तरीय शिक्षालाई अगाडी बढाईनेः मुख्यमन्त्री पोख्रेल

आशिक राना
देवघाट, कार्तिक २५

गन्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले गुणस्तरीय शिक्षालाई अगाडी बढाईने बतएका छन् । देवघाट गाउँपालिका–५ मा रहेको बज्रयोगिनि माबिको ६१ औं वार्षिकोत्सब समारोह तथा अभिभावक भेला एवं विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सबै विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई अगाडी बढाईने बताए । गन्डकी प्रदेशलाई पुर्ण साक्षर घोषणा गरिसकिएको भन्दै मुख्यमन्त्री पोख्रेलले अव साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिईने बताए ।

मुख्यमन्त्री पोख्रेलले देवघाटमा भुमिको समस्या अन्य भन्दा धेरै भएको बताउँदै अव चाँडै नै भुमि सम्बन्धि सबै समस्या हल हुने बताए । भुमि आयोगमा सरकारले नयाँ पदाधिकार नियुक्ती गरिसकेको हुँदा अव तिब्रताका साथ आयोगले काम गरेर सबै समस्याको समाधान गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद सारु मगरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विना विभागिय मन्त्री डोवाटे विक, देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, नेपाली काँग्रेसका सभापती तिलबहादुर थापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहूँका प्रमुख रमाकान्त शर्मा लगायतले मन्तव्य राखेका थिए ।

यसैविच मुख्यमन्त्री पोख्रेललाई देवघाट गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । गाउँपालिकाकाकी उपाध्यक्ष विमला थापा, प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायत जननप्रतिनिधि र कर्मचारीले मुख्यमन्त्री पोख्रेललाई स्वागत र सम्मान गरेका थिए । मुख्यमन्त्री चयन भएपछि पोख्रेल पहिलोपटक देवघाट गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको