३ माघ २०७८, सोमबार

चक्रवर्ती महिला सहकारीको दशौँ वार्षिक साधारण सभा सम्पन्न

करिष्मा गुरुङ
देवघाट कार्तिक २७

देवघाट गाउँपालिका–५ नयाँवस्तीमा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष यालवहादुर गुरूङले सबैले अहिलैदेखी वचत गर्ने बानीको विकास गर्नु पर्ने बताए । सहकारीले राम्रो गर्दै आईरहेको र समाजकामा पनि धेरै परिवर्तन आएको बताउदैँ सधैं यसैगरी उन्नति गर्दै अघि बढ्न वडा अध्यक्ष गुरुङले अनुरोध गरेका थिए ।

अध्यक्ष गुरूङले विभिन्न आमा समुहका सदस्यलाई मा सहकारीको सेयर सदस्य बनेर आर्थिक समृद्धीको अभियानमा संलग्नु हुनु अनुरोध गरे । कार्यक्रममा महिला समन्वय समितिका भरतपुरका अध्यक्ष इन्द्रा पौडेल, हेफर चितवन भरतपुर कलस्टर म्यानेजर कृष्णबबाबु कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारीकी अध्यक्ष तारादेवी पन्तले वर्षभरिमा भएको गतिविधिको प्रतिवेदन र भावि योजना प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, सहकारीमा सबैभन्दा धेरै दूध ल्याउने कृषक तथा सहकारीका हालसम्मका अध्यक्षहरूलाई सम्मान गरिएको थियोे ।

कार्यक्रम सहकारीकी व्यवस्थापक संगिता ओझाले सहकारीको गतिविधिको बारेमा प्रष्ट पारेका थिईन् । शेयर सदस्यहरुको मिहिनेत र परिश्रमको कारण कोभिडको समयमा पनि सहकारीले राम्रो उपलव्धी गरेको व्यवस्थापक ओझाले बताईन् । कोभिडको समयमा पनि सहकारी कुनै दिन बन्द गरिएन भने गाईवस्तुको लागि दानापानीको आपुर्ती पनि कहिल्यै नरोकिएको ओझाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको