३ माघ २०७८, सोमबार

मंसिर १० गते चितवन जाऔं, एमालेको संकल्पमा साथ दिऔंः न्यौपाने

दमौली, मंसिर ५
राष्ट्रिय सभाकी सांसद एवं नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहमा सहभागी हुन आम जनतालाई आह्वान गरेकी छिन् । नेतृ न्यौपानेले आईतबार भिडियो सन्देश सार्वजानिक गर्दै नेकपा एमालेको ऐतिहाँसिक दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर १० गते चितवनको नारायगढ स्थित नारयणी नदिको किनारमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेकी हुन् ।

भिडियो सन्देशमा नेतृ न्यौपानेले नेकपा एमालेले लिएको सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्पलाई साथ दिन महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनु पर्ने बताईन् । नेकपा एमालेको महाधिवशेनले देशको भविष्य र एमालेको नयाँ कार्यदिशा तय गर्ने बताएकी छिन् । एमालेको भविष्यसँग देश र जनताको भविष्य गाँसिएको भन्दै उनले उनले एमालेको सरकारको पालामा सुरु भएको राष्ट्रिय गौरबको आयोजनाहरु पुरा गर्न र समृद्धीको अभियानलाई सार्थक बनाउन पनि महाधिवेशनले दिशा निर्देश गर्ने बताईन् ।

आगामी निर्वाचन मार्फत बहुमतको सरकार बनाएर जाने एमालेको लक्ष्यमा साथ दिन पनि महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएर एमालेको नेतृत्वलाई साथ र हौसला दिनु पर्ने नेतृ न्यौपानेको आह्वान छ । एमालेको महाधिवेशन राजनीतिक तिर्थ भएको र यसले देशको भविष्यको फैसला गर्ने हुँदा सबैले यो राजनीतिक तिर्थमा साथ दिनु पर्ने उनको भनाई छ ।

महाधिवेशनले देश हाक्न सक्ने एमालेको सक्षम र कर्मठ नेतृत्व चयन गर्ने र सोही नेतृत्वले आम निर्वाचन पछि समग्र देशकै नेतृत्व गर्ने हुँदा महाधिवशेनमा उपस्थित भएर एमालेको नेतृत्वलाई साथ, हौसला र प्रेरणा दिनु पर्ने नेतृ न्यौपानेको भनाई छ । एमालेले महाधिवशेन उद्घाटन समारोहमा पाँच लाख भन्दा बढि जनता उपस्थित गराउने बताएको छ ।

तनहूँबाट महाधिवशेन प्रतिनिधि चयन भएकी न्यौपाने आगामी महाधिवशेनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छिन् । उनी स्वयंले केन्द्रीय सदस्यको लागि औपचारिक घोषणा नगरेपनि उनी केन्द्रीय सदस्य बन्ने करिब निश्चित जस्तै देखिएको छ ।

राष्ट्रिय सभामा महत्वपुर्ण भुमिका खेल्दै आएकी नेतृ न्यौपानेको राष्ट्रिय सभामा हुने मन्तव्य चर्चित बन्दै आएको छ । पार्टीको नीति लाई जोड तोडका साथ राष्ट्रिय सभामा प्रस्तुत गर्ने मात्र नभई उनले राष्ट्रिय राजनीतिका समसामयीक विषयलाई समेत सभामा ओजनदार रुपमा प्रस्तुत गर्दै आएकी छिन् । सोही कारण एमालेको नेतृत्वमा रहेका नेताहरुको नजरमा न्यौपाने पर्दै आएकी छिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको लाइनकी हार्डलाईनर न्यौपानेलाई यस पटक केन्द्रीय सदस्य बनाउन अध्यक्ष ओली समेत सकारात्मक भएको बताईन्छ ।

पार्टी विभाजनको क्रममा कार्यकर्ताको संरक्षण र पार्टीको पक्षमा दृढताका साथ उभिन न्यौपानेले नेतृत्वदायी भुमिका निर्वाह गरेकी थिईन् । अहिले तनहूँ क्षेत्र नम्बर १ मा न्यौपाने एमालेका कार्यकर्ताको आशा र भरोसाको एक मात्र नेता बन्न पुगेकी छिन् ।

नेतृ न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएमा तनहूँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग राजनीतिक मुकाबिला गर्ने र केन्द्रले समेत भरोसा गर्न सक्ने शसक्त नेता पाउने आशा एमाले कार्यकर्ताले गरेका छन् । एमालेले यस पटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क जस्तै देखिएकी छिन् ।

२०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपाने २०५६ सालबाट यता निरन्तर नेकपा एमालेको जिल्ला कमिटिमा विभिन्न पदको जिम्मेबारीमा छिन् । न्यौापाने हाल एमाले तनहूँको सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहूँ जिल्ला इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको