३ माघ २०७८, सोमबार

काँग्रेस क्षेत्रीय अधिवेशनः महाधिवेशन प्रतिनिधिमा कडा प्रतिश्पर्धा

दमौली, मंसिर ६

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको कार्यसमितिको र महाधिवेशन प्रतिनिधिकोलागि निर्वाचन भएको छ । क्षेत्र नम्बर १ को दमौलीको खुल्ला चौर र क्षेत्र नम्बर २ को लागि शुक्लागन्डकी नगरपालिकाको बेलचौतारामा निर्वाचन भयो । निर्वाचन कार्यक्रम बिहान १० देखी ५ बजेसम्म भयो । क्षेत्र नम्बर १ मा ९५४ मतदाता रहेकोमा ९३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ८६६ मतदाता रहेकोमा ८६०.मत खसेको थियो । निर्वाचन सम्पन्न पश्चात सोमबार साँझ नै मतगणना सुरु भएको छ । अन्तिम मतपरिणाम भने मंगलबार बिहानसम्म आउने बताईएको छ ।

नेपाली काँग्रेसको यस अघि वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन भईसकेको छ । महाधिवेशन अन्तर्गत मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवशेन र मंसिर २४ देखी २६ सम्म महाधिवेशन हुने काँग्रेसले जनाएको छ ।

क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने छन् । क्षेत्रीय अधिवेशन नेपाली काँग्रेसकोलागि निकै महत्वपुर्ण मानिन्छ । यो अधिवेशनबाट महाधिवेशनमा भाग लिन जाने प्रतिनिधिहरु चयन हुने हुँदा क्षेत्रीय अधिवेशनलाई नेताहरुको शक्ति परिक्षणकोरुपमा लिइन्छ । चयन भएका महाधिवेशन प्रतिनिधिकै आधारमा केन्द्रीय महाधिवशेनमा जित हार हुने हुँदा क्षेत्रीय अधिवेशनलाई नेपाली काँग्रेसमा निकै महत्वका साथ लिने गरिएको छ ।

महाधिवेशन प्रतिनिधिको लागि अन्य जिल्लामा झै तनहूँमा पनि सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको कडा प्रतिश्पर्धा भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँबाट ५० जना महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् । दुबै निर्वाचन क्षेत्रबाट खुल्ला तर्फ १० जना, खुल्ला महिला ४ जना, खस आर्य पुरुष तर्फ २ जना, खस आर्य महिला १ जना, जनजाती तर्फ पुरुष ३ जना, महिला २ जना, दलित तर्फ पुरुष १ महिला १ र अल्पसंख्यक तर्फ १ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । त्यसैगरि क्षेत्रीय कार्य समितिमा सभापती, दुई सचिव, दुई सहसचिव सहित २२ सदस्य निवार्चित हुने छन् ।

तनहूँका दुबै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्य समितिकोलागि जिल्ला सभापती बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदिप पौडेल, गन्डकी प्रदेशका मन्त्री डोवाटे विक, सांसद सरिता गुरुङ लगायतको एउटा प्यानल बनेको छ भने केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, कार्यवहाक जिल्ला सभापती जितप्रकाश आलेको अर्काे प्यानल बनेको छ । उक्त दुई प्यानल जिल्ला अधिवशेनसम्म कायम रहने बताईएको छ ।

क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिको लागि जिल्ला सभापती न्यौपानेको प्यानलबाट खुल्ला तर्फ बैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, रामचन्द्र पोख्रेल, लक्ष्मीप्रसाद आचार्य, रामचन्द्र अधिकारी, रेशमलाल गुरुङ, ध्रुवलाल प्रधान, दिपक भट्टराई, शुरेश भट्टराई र विपिन्द्र अधिकारी (विपिन) को उम्मेदबार बनेका थिए । सो प्यानलबाट खुल्ला महिला तर्फ चिनु पोख्रेल, पुष्पादेवी श्रेष्ठ, नारयणी अधिकारी र विना कैनी, खस आर्य तर्फ शान्तीरमण वाग्ले र रामबहादुर बानिया, खस आर्य महिला तर्फ पवित्रा पौडेल, जनजाती पुरुष तर्फ अशोककुमार श्रेष्ठ, टेकबहादुर गुरुङ र लेखबहादुर राना, जनजाती महिला तर्फ सरिता गुरुङ र चिजा श्रेष्ठ, दलित पुरुष तर्फ डोवाटे विक र महिला तर्फ चन्द्रमाया परियार र अल्पसंख्यक तर्फ खरसिंह दरैले उम्मेदबार भएका थिए । सो क्षेत्रमा क्षेत्रीय कार्यसमितिमा सो प्यानलबाट सभापतीमा श्याम मौराती, सचिवमा राजु बानीयाँ र दयानीधि नराल र सहसचिवमा शैलेस खाती क्षेत्री र युवराज आलेले प्रतिश्पर्धा गरेका थिए ।

यसैगरि सो क्षेत्रमा अर्काे प्यानलबाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ आनन्दराज त्रिपाठी, छत्रराज भण्डारी, समुन्द्र गोदार, उत्तम लोहोनी, शंकर पौडेल, शुशिल तिमिल्सेना, उत्तम मिश्र, देवकुमार श्रेष्ठ, सतिशचन्द्र न्यौपाने र जगदिश न्यौपाने उम्मेदबार बनेका थिए । त्यस्तै खुल्ला महिला तर्फ मिरा जोशी, सान्नानी पाण्डे, कल्पना पोख्रेल रहेका छन् भने जनजाती पुरुष तर्फ पुर्णबहादुर गुरुङ, काशिराम श्रेष्ठ र मानकाजी श्रेष्ठ, जनजाती महिला तर्फ आशा थापा र नोमा थापा, खस आर्य पुरुष तर्फ विवेक न्यौपाने र किशोर केसी, दलित पुरुष तर्फ रामकृष्ण विक र महिला तर्फ यमुना विक र अल्पसंख्यक तर्फ पुजन गन्धर्वले प्रतिश्पर्धा गरेका थिए । सो प्यानलबाट क्षेत्रीय कार्यसमितिमा सभापतीमा विश्व वास्तोला, सचिवमा तारानरेश पौडेल र चुडामणी दाहाल र सहसचिवमा अर्जुन अधिकारी र रविन पौडेलले उम्मेदबार बनेका थिए ।

यस्तै क्षेत्र नम्बर २ मा जिल्ला सभापती बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदिप पौडेलको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ प्रा.डा.कृष्णप्रसाद गौतम, बालकृष्ण घिमिरे, किसान गुरुङ, मिलन आले, माधव भट्टराई, खेमराज अधिकारी, गिरबहादुर थापा, तारा भुजेल, राजु मल्ल र बिनबहादुर परियारले उम्मेदबार बनेका थिए । त्यस्तै खुल्ला महिला तर्फ विष्णु मल्ल, इन्दिरा खनाल, चन्द्रकला भट्टराई र निर्जला अर्याल, जनजाती पुरुष तर्फ निलबहादुर थापा, शेरजंग गुरुङ र चामबहादुर थापा, जनजाती महिला तर्फ रसमाया गुरुङ, बिहिसरा थापा र गिता राना, खस आर्य पुरुष तर्फ यामबहादुर खाँड ठकुरी र महिला तर्फ तारा अधिकारी, दलित पुरुष तर्फ प्रकाश विक र महिला तर्फ गिता परियार र अल्पसंख्यक÷अपाङ्ग तर्फ बालकुमारी रेग्मीले प्रतिश्पर्धा गरेका थिए । त्यसैगरि सो प्यानलबाट क्षेत्रीय सभापतीमा कृष्णराज पन्डित, सचिवमा पुर्णचन्द्र घिमिरे र प्रेमबहादुर थापा र सहसचिवमा नरसिंह राना र टुकराज श्रेष्ठले उम्मेदबार बनेका थिए ।

यस्तै क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्यद्वय शंकर भण्डारीको प्यानलबाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ ध्रुव वाग्ले, जितप्रकाश आले, झुलबहादुर आले, महेश्वर भट्टराई, राजेन्द्रकृष्ण श्रेष्ठ, बलराम पराजुली, परशुराम गिरी, जिवन शर्मा, भक्तबहादुर श्रेष्ठ र शिवबहादुर रानाभाटले उम्मेदबार बनेका थिए । यस्तै खुल्ला महिला तर्फ माया राना, लक्ष्मी वाग्ले, इन्द्रकुमारी सिग्देल, तुलसी अधिकारी, जनजाती पुरुष तर्फ भिमबहादुर थापा, मोहनकुमार श्रेष्ठ र सुर्यकुमार श्रेष्ठ, जनजाती महिला तर्फ गिनुमाया थापा, पम्फा थापा, नरमाया आले थापा, खस आर्य पुरुष तर्फ डिल्लीराम अधिकारी र महिला तर्फ लक्ष्मी सिग्देल, दलित पुरुष तर्फ रामकृष्ण विक र महिला तर्फ दिब्यश्वरी विक र अल्पसंख्यक तर्फ गंगाबहादुर कुमाल उम्मेदबार बनेका थिए भने क्षेत्रीय कार्य समितिमा सो प्यानलबाट सभापतीमा चुडामणी खनाल, सचिवमा सन्तोष घिमिरे र जिवनचन्द ठकुरी र सहसचिवमा यामबहादुर थापा सारु र चित्रबहादुर रानाले उम्मेदबारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको