३ माघ २०७८, सोमबार

सिग्देलद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दमौली, मंसिर ६

नेकपा एमालेका नेता टुकराज सिग्देलले दशौं महाधिवशेनमा केन्द्रीय सदस्यको उम्मेदबारी घोषणा गरेका छन् । सिग्देलले सोमबार लोकवाणीसँग कुरा गर्दै आफु महाधिवेशनमा भुगोल तर्फको केन्द्रीय सदस्यको उम्मेदबार बन्ने बताए । हाल केन्द्रीय सल्लाहाकार परिषदका सदस्य रहेका सिग्देल सोही कमिटिबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए ।

सिग्देल २०५६ को प्रतिनिधि सभा निर्वाचनमा तनहूँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा पनि तनहूँ क्षेत्र नम्बर ३ बाट निवार्चित भई संविधान निर्माणमा सक्रिय थिए । नेकपा एमाले भित्र सादगी, इमान र निष्ठाको राजनीति गर्ने, बर्गीय चेत भएको तथा नैतिक मुल्य र मान्यताको पक्षपाती नेताको रुपमा सिग्देललाई लिईन्छ । उनको नेतृत्वमा तनहूँ क्षेत्र नम्बर ३ मा विकास निर्माणको कामले तिब्रता पाएको थियो ।

२०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका सिग्देल नेकपा माले तनहूँको संस्थापक मध्येका एक हुन् । त्यसअघि २०३३ देखी २०४० साल सम्म पोखराको पृथ्वीनारयण क्याम्पसमा अनेरास्ववियुको राजनीति गरेका सिग्देल २०४१ देखी २०४५ सम्म किहुँको सिद्धार्थ माविमा शिक्षण समेत गरेका थिए । पार्टीले पुर्णकालिन हुनु पर्ने निर्देशन दिएपछि उनी शिक्षण पेशा छोडी पुर्णकालिन राजनीतिमा होमिएका थिए । त्यसपछि सिग्देलले २०४६ सालको जनआन्दोलनमा बाममोर्चाको सचिवको रुपमा तनहूँको आन्दोलनको अगुवाई गरेका थिए ।

निरंकुश पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा सिग्देल २०४२ सालमा राजकाज अपराध सम्बन्धि मुद्धामा नौ महिना दमौली जेलमा समेत बसेका थिए । उनी २०५० देखी २०५६ सम्म दुई कार्यकाल नेकपा एमाले तनहूँको सर्वसम्मत सचिव (पार्टी प्रमुख) बनेका थिए । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटिको बैकल्पिक सदस्यमा निर्वाचित भएका सिग्देल नवौं महाधिवेशनमा भने थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनमा केन्द्रीय सदस्य बनेर तनहूँको पार्टीको कामको अगुवाई गर्ने इच्छा रहेको सिग्देलले बताए । पार्टीका नेताहरुसँगको छलफलमा पनि यस पटक भुगोलको नेतृत्व गरेर केन्द्रीय कमिटिमा जानेबारेमा नेताहरु सकारात्मक रहेको सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको