३ माघ २०७८, सोमबार

गुरुङ एमालेको महाधिवेशन प्रतिनिधि मनोनित, केन्द्रीय सदस्यमा लड्ने

दमौली, मंसिर ८

गन्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले गुरुङ सहित १ सय ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो । कुल प्रतिनिधिको ५ प्रतिशत मनोनयन गर्ने एमालेको नीति अनुसार स्थायी समितिको बैठकले १ सय ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो ।

गत कार्तिक २७ गते तनहूँमा प्रतिनिधि छनौट गर्ने क्रममा गुरुङ छनौट भएका थिएनन् । तनहूँ क्षेत्र नम्बर १ को क क्षेत्रबाट प्रतक्ष्य निर्वाचित सांसद गुरुङ प्रनितिधिमा छनौट नभएपछि नेताहरुले गुरुङलाई मनोनित गरेका हुन् । स्थायी समितिले महाधिवेशन प्रतिनिधि मनोनित गरेपछि खुसी व्यक्त गर्दै गुरुङले जिल्लाका नेताहरुले नियतवश आफुलाई प्रतिनिधिबाट बन्चित गरेपनि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले आफ्नो योगदानको कदर गरेको बताए ।

यसैविच सांसद गुरुङले एमालेको केन्द्रीय सदस्यमा उम्मेदबारी दिने बताएका छन् । स्थायी समितिको बैठकले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको जानकारी पाएपछि लोकवाणीसँग कुरा गर्दै गुरुङले अव आफु केन्द्रीय सदस्यमा उम्मेदबारी दिने बताए । गलैंचा निर्यात संघका केन्द्रीय अध्यक्ष समेत रहेका गुरुङले उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदबारी दिने बताए ।

केन्द्रीय सदस्यमा उम्मेदबारी दिने बारेमा अध्यक्ष ओलीलाई जानकारी गराईसकेको भन्दै गुरुङले अध्यक्ष ओली आफुलाई केन्द्रीय कमिटिमा ल्याउन सकारात्मक भएको र त्यसै अनुसार महाधिवेशन प्रतिनिधिमा मनोनित गरिएको गुरुङले बताए । तनहूँको विकास निर्माणमा आफु दत्तचित्त रहेको भन्दै आफुलाई जनताको अपार माया रहेको गुरुङले बताए । नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुदै छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको