३ माघ २०७८, सोमबार

लैङ्गिक हिंसा विरुद्धको अभियान

सम्पादकीय

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान आजबाट सुरु हुने भएको छ । नेपालमा यो अभियान ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा र ‘सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त्य गर’ भन्ने अन्तराष्ट्रिय नाराका साथमा यो अभियान मनाईने भएको छ । यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि यो अभियान शुभारम्भ भई अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन गर्ने गरिन्छ । यस अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । ३ दिदी बहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए । त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो । पछिल्लो समय नेपालमा पनि महिला हिंसाको घटनाहरु घट्ने क्रममा कुनै कमि आएको छैन ।

विभिन्न अध्ययनहरुका अनुसार संसारभरीका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरै जसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जिवनसाथीबाट भोगेका हुन्छन् । त्यस्तै संसारभरका ३५ प्रतिशत महिलाहरुले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको शारीरिक यो यौनजज्य हिंसाको शिकार भएका हुन्छन् । समाजमा लिङ्गकै आधारमा महिलामाथी हुने महिला हिंसाका घट्नाहरुलाई न्यूनिकरण गर्नु हामी सबैको साझा दायित्व हो । यो अभियानलाई सफल पार्नको लागि सबै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने गर्छ । यो अभियान अन्तर्गत पहिलो दिन आज सेतो रिवन अभियानका साथ १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ गरिने भएको छ । त्यसैगरि अभियानको क्रममा विश्व एड्स दिवस, विश्व अपाङ्गता दिवस पनि मनाईन्छ । साथै अन्तिम दिन १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाई यो अभियान समापन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको