३ माघ २०७८, सोमबार

सडकको दायाँ वायाँ कुनै क्रियाकलाप नगर्न सडक आयोजनाको आग्रह

दमौली, मंसिर १५

मुग्लिङ पोखरा सडक आयोजना (पुर्वी खन्ड) ले सडकको दायाँ वायाँ कुनै क्रियाकलाप नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ । आयोजनाले सुचना प्रकाशन गरि सडक विस्तारको कार्य सुरु भईसकेको हुँदा सडकको दायाँवायाँ कुनै गतिविधि र क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

आयोजनाको पुर्वी खन्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले मुग्लिङ पोखरा सडकको पुर्वी खन्डमा सडक विस्तार तथा सुधारको काम सुरु भईसकेको हुँदा कसैले पनि कुनै क्रियाकलाप नगर्न अनुरोध गरे । उक्त सडकको आवुँखैरेनीदेखी जामुनेसम्मको खन्डमा ६ लेन विस्तार गर्ने काम भईरहेको छ ।

आयोजनाले सडकको क्षेत्राधिकार भित्र केन्द्रदेखी २५÷२५ मिटर दायाँवायाँ पर्ने गरि खेतबाली लगाउने, खाडल खन्ने, कुलो कुलेसा निर्माण गर्ने, धारा निर्माण गर्ने, निर्माण सामाग्री थुपार्ने, घर टहरा तथा कुनै व्यवसाय सन्चालन गर्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ । सुचनाको वेवास्ता गरि कसैले कुनै निर्माण गरेमा त्यसको जिम्मेबार आयोजना नहुने र कुनै क्षतीपुर्ती समेत उपलब्ध नगराउने सुवेदीले बताए । उक्त सडक विस्तारको काम सुरु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको