३ माघ २०७८, सोमबार

पार्टीमा सबैलाई उचित जिम्मेबारी दिईनेः केन्द्रीय सदस्य सिग्देल

दमौली, मंसिर १५

नेकपा एमालेका केन्द्रीय सदस्य टुकराज सिग्देलले पार्टीमा सबैलाई उचित जिम्मेबारी दिईने बताएका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला तनहूँ आएका सिग्देलले बुधबार एमाले जिल्ला कार्यालयमा बोल्दै पार्टीमा सबै कार्यकर्तालाई उचित जिम्मेबारी दिईने र कसैले पनि अन्यायमा परेको महुसस हुन नदिने बताए ।

अवको अभियान पार्टीमा एकता सुदृढ गर्ने र पार्टी बाहिर रहेका समर्थक र सुभेच्छुकलाई पार्टीमा भित्र्याउने रहेको सिग्देलले बताए । महाधिवशेन पछि पार्टीले अव निर्वाचनको तयारी गरिसकेको हुँदा सबै कार्यकर्ता पनि निर्वाचन केन्द्रित हुनु पर्ने सिग्देलले बताए ।

केन्द्रीय सदस्य सिग्देललाई पार्टी कार्यालयमा जिल्ला कार्यवहाक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कार्यालय सचिव राजेश्वर ढकालले खादा लगाएर स्वागत गरेका थिए । चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा सिग्देल गन्डकी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको