१० जेष्ठ २०७९, मंगलवार

काँग्रेस महाधिवेशनः तनहूँका १० जना केन्द्रीय समितिमा उम्मेदबार

दमौली, मंसिर २६

नेपाली काँग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा तनहूँका १० जनाले विभिन्न पदमा उम्मेदबारी दिएका छन् । शनिबार उम्मेदबारी दर्ता तथा आईतबार उम्मेदबारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम पछि सार्वजानिक भएको उम्मेदबारीमा तनहूँका १० जनाले विभिन्न पदमा उम्मेदबारी दिएका हुन् ।

तनहूँका प्रदिप पौडेल महामन्त्रीको उम्मेदबार बनेका छन् । उनी सभापतीका उम्मेदबार शेरबहादुर देउवाको टिमबाट महामन्त्रीको उम्मेदबार बनेका हुन् । त्यसैगरि खुल्ला तर्फको केन्द्रीय सदस्यमा शंकर भण्डारी, गोविन्द भट्टराई र आनन्द त्रिपाठी उम्मेदबार बनेका छन् । भण्डारी र भट्टराई देउवा प्यानलबाट उम्मेदबार बनेका हुन् भने त्रिपाठी कुनै पनि प्यानलमा समेटिएका छैनन् ।

त्यसैगरि गन्डकी प्रदेशको तर्फबाट ध्रुव वाग्ले उम्मेदबार बनेका छन् । उनी सभापती देउवाको टिमबाट उम्मेदबार बनेका हुन् । त्यस्तै दलित पुरुष तर्फबाट डोवाटे विक र अपाङ्गता भएकाहरुको तर्फबाट प्रकाश पन्थ उम्मेबादर बनेका छन् । विक र पन्थ शेखर कोईरालाको टिमबाट उम्मेदबार बनेका हुन् ।

त्यसैगरि जनजाती पुरुष तर्फ पुर्णबहादुर गुरुङ उम्मेदबार बनेका छन् । उनलाई कुनै पनि टिमले प्यानलमा समावेश गरेको छैन । त्यस्तै खस आर्य पुरुष तर्फ रामचन्द्र पोख्रेल र महिला तर्फ चिनु पोख्रेल उम्मेदबार बनेका छन् । उनीहरु बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । काँग्रेसको नयाँ नेतृत्वको लागि सोमबार विहान मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको