१० जेष्ठ २०७९, मंगलवार

तनहूँमा सक्रिय संक्रमितको संख्या १९ पुग्यो

दमौली, पुस २९

तनहूँमा हाल १९ जना कोभिडका सक्रिय संक्रमित पुगेका छन् । विहिबार थप चार जनालाई कोभिड संक्रमण पुष्टि भएपछि हाल सक्रिय संक्रमितको संख्या १९ पुगेको स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा बसेका छन् ।

केहि दिन अघि सम्म दैनिक शुन्यको संख्यामा झरेको संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ । गन्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ३५९ जनामा परिक्षण गरिएकोमा १६५ जनामा संक्रमण पुष्टि भएको थियो । केही दिन यता रुघा र ज्वरोका विरामीहरु धेरै देखिन थालेका छन् ।

तनहूँमा गत बैशाख यता ५४०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १३० जनाको मृत्यु भयो भने ५२५१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै १९ जना हालसम्म सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको