१० जेष्ठ २०७९, मंगलवार

ऋषिङ गाउँपालिकाको सेवा ६ दिनको लागि बन्द

दमौली, माघ १२

कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएपछि ऋषिङ गाउँपालिकाको सेवा ६ दिनको लागि बन्द गरिएको छ । गत माघ ११ गते गरिएको परिक्षणमा केही कर्मचारीमा कोभिड संक्रमणको पुष्टि भएपछि माघ १३ देखी १८ गतेसम्म गाउँपालिका कार्यालय र सम्पुर्ण वडा कार्यालयहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

म्याग्दे गाउँपालिकाको सेवा थप दुई दिन बन्द

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएपछि म्याग्दे गाउँपालिकाको सेवा थप दुई दिनको लागि बन्द हुने भएको छ । गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकको अन्य सबै सेवाहरु यस अघि चार दिनको लागि बन्द गरिएकोमा यो अवधिमा पनि जोखिम कम नभएको भन्दै थप दुई दिन सेवा बन्द गरिने गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

संक्रमण भएका जनप्रतिनिधि र कर्मचारीहरुबाट अन्य जनप्रतिनिधि र कर्मचारीलाई संक्रमणबाट जोगाउन गाउँपालिकाको सेवा बन्द गरिने गाउँपालिकाले जनाएको छ । अत्यावश्यक सेवा प्रवाहको लागि गाउँपालिकाका संक्रमित नभएका कर्मचारीहरु मध्येबाट आलो पालो प्रणाली मार्फ गरिने अध्यक्ष रानाले बताईन् । अव आईतबारबाट गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुबाट सेवा निरन्तर हुने अध्यक्ष रानाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको