१० जेष्ठ २०७९, मंगलवार

तनहूँमा संक्रमितको संख्या ८ सय ४९ पुग्यो

दमौली, माघ १७

तनहूँमा सोमबार कोभिडका ४१ नयाँ सक्रमित थपिएका छन् । विहिबार सबैभन्दा धेरै शुक्ला नगरपालिकामा १९ जना संक्रमित थपिएका छन् । त्यसैगरि व्यास नपामा ८ जना संक्रमित थपिएका छन् । त्यस्तै घिरिङमा ५ र भिमाद ४ जना संक्रमित थपिएका छन् ।
सोमबार थपिएका ४१ सहित तनहूँमा सक्रिय संक्रमित हुनेको संख्या ८ सय ४९ पुगेको स्वास्थ्य कार्यालय तनहूँका सुचना अधिकारी शंकरवावु अधिकारीले बताए । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा बसेका छन् ।

तनहूँमा सबैभन्दा धेरै संक्रमित शुक्ला गन्डकी नगरपालिकामा रहेका छन् । शुक्लामा २ सय ५५ जना संक्रमित रहेका छन् भने त्यसपछि व्यास नगरपालिकमा २ सय ५३ जना संक्रमित भएका छन् । त्यसपछि भिमादमा ८० जना, बन्दिपुरमा ७९ जना, म्याग्देमा ४३ जना संक्रमित भएका छन् ।

त्यसैगरि देवघाटमा ४२ जना, आवुँखैरेनीमा ३१ जना, घिरिङमा २९ जना, ऋषिङ्गमा २० जना, भानु नपामा १७ जना रसक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ ।

तनहूँमा गत बैशाख यता ६२७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १३२ जनाको मृत्यु भयो भने ५२९४ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको