१० जेष्ठ २०७९, मंगलवार

प्रशासनको आदेश–माघ मसान्तसम्म विद्यालय नखोल्नु

दमौली, माघ १७

जिल्ला प्रशासन कार्यालय तनहूँले माघ मसान्तसम्म विद्यालय सन्चालन नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सोमबार आदेश जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन मन्त्री परिषदको निर्णय, गृहमन्त्रालयको आदेश तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार माघ मसान्तसम्म विद्यालय, विश्व विद्यालय, कलेज, ट्युशन सेन्टर वा अन्य सम्पुर्ण शैक्षिक क्रियाकलापहरु माघ मसान्तसम्म भौतिक रुपमा सन्चालन गर्न रोक लगाएका छन् । साथै सम्पुर्ण शैक्षिक क्रियाकलापहरु भर्चुअल या बैकल्पिक शिक्षा विधी मार्फत सन्चालन गर्न प्रशासनले आदेश दिएको छ ।

तर विद्यालय, विश्व विद्यालय तथा कलेजका पुर्व निर्धारित परिक्षा, बैदेशिक रोजगारीको लागि सन्चालन गरिने बिदेशी भाषा परिक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षाहरु जनस्वास्थ्यको मापदण्डको पुर्ण पालना गरि सन्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ ।

त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना बमोजिम १२ देखी १७ वर्ष उमेर समुहका विद्यार्थीलाई खोप लगाउनको लागि माघ २० गतेसम्म विद्यालय खोल्न दिईने आदेशमा उल्लेख छ ।

त्यसैगरि सिनेमा घर, डान्सबार, दोहोरी नाचघर, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, हाटबजार लगायत मानिसहरु भेला हुने सबै प्रकारका गतिविधिमा माघ मसान्तसम्म रोक लगार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको