१० जेष्ठ २०७९, मंगलवार

प्रेस चौतारीको स्थापना दिवसमा तनहूँमा मास्क वितरण

दमौली, २२ माघ

प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवसको अवसरमा तनहूँ शाखाले शनिबार सचेतनामूलक कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा शाखाले दमौलीस्थित भोर्लेटारचोकमा मास्क वितरण गरेको हो ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राखी सचेतनासँगै मास्क वितरण गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि) ले जानकारी दिए । त्यसक्रममा चार सय भन्दा बढी मास्क वितरण गरिएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समुन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य एवं शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, उपाध्यक्ष कृष्ण न्यौपाने, सम्झना रसाइली, सचिव ऋषिकान्त दुवाडी, कोषाध्यक्ष मदन तिमिल्सना, सहसचिव किरण श्रेष्ठ, सुनिता आचार्य, सदस्य सविन लामिछाने लगायतले सर्वसाधारणलाई मास्क वितरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष हरिराज कंडेल, उपसचिव प्रदीपराज अधिकारी, सदस्यहरु बसुन्धरा घर्ती, ऋषि भुषाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको