१० जेष्ठ २०७९, मंगलवार

दमौलीको क्यु एफ एक्स सिनेमाज् पुन सञ्चालन

दमौलीको ऐपेक्स महलमा रहेको क्यु एफ एक्स सिनेमाज् स्माट लकडाउन पछि पुन सञ्चालन आएको छ । सरकारले कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा आए संगै भिडभाड् हुने क्षेत्रलाई बन्द गर्ने निणय गरेको थियो । जस्का कारण सिनेमा हलहरु प्नि बन्द भएको थियो । तर ओमिक्रोनको प्रभाब न्यून रहे संगै स्वास्थ्य मापदण्ड र साबधानी सहित हलहरु पुन सञ्चालनमा आएका छन् । गत पुस ३१ बाट बन्द भएको क्यु एफ एक्स सिनेमाज् यही बुधबार देखि पुन सुचारु भएको दमौली ऐपेक्स महका म्यानेजर उज्जल भट्राईले बताएका छन् । उनले भने हामीले स्वास्थ्यको पुर्ण मापदण्ड पालन गर्दै हल सञ्चालन गरेका छौं डराउनु पर्ने अबस्था छैन् । दर्शकहरु पनि आइरहनु भएको छ । हाल उक्तहलमा दक्षिण भारतिय फिल्म खेलाडी प्रशारण भईरहेको भट्राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको