१० जेष्ठ २०७९, मंगलवार

तनहूँमा कोभिड संक्रमितको संख्या शुन्य

दमौली, चैत १

तनहूँ जिल्ला कोभिड मुक्त भएको छ । स्वास्थ्य कार्यालय तनहूँका अनुसार जिल्लामा कोभिडको सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । मंगलबारको तथ्यांक अनुसार तनहूँमा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार तनहूँमा हालसम्म जम्मा ८ हजार २४ जना कोभिडबाट सक्रमित भएका थिए । त्यसमध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा २७२४ जना, शुक्लागन्डकी नगरपालिकामा २०८९ जना, भिमादमा ८१४ जना र भानु नगरपालिकामा ५२१ जना संक्रमित भएका थिए ।

यसैगरि गाउँपालिका तर्फ सबैभन्दा धेरै म्याग्देमा ६२३ जना संक्रमित भएका थिए । यस्तै बन्दिपुरमा ४५८ जना, घिरिङमा २६४ जना, आवुँखैरेनीमा २२५ जना, ऋषिङमा १३३ जना र देवघाटमा १७३ जना कोभिड संक्रमित भएका थिए ।

यसैगरि तनहूँमा कोभिडबाट १६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाको संख्या ६४ र पुरुष ९७ जना रहेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै शुक्लागन्डकीका ५५ जना, व्यासका ४७ जना, भिमादका २५ जना, म्याग्देका १० जना, भानुका ९ जना, घिरिङका ६ जना, बन्दिपुरका ४ जना, आवुँखैरेनीका ३ जना र ऋषिङ र देवघाटका १÷१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको