१० जेष्ठ २०७९, मंगलवार

नेकपा एसबाट भानुको मेयरमा पौडेल सर्वसम्मत

दमौली, चैत २८

नेकपा एकीकृत समाजवादीबाट भानु नगरपालिकाको मेयरमा श्रीराम पौडेल सर्वसम्मत चयन भएका छन् । सो पार्टीको नगर कमिटिको आईतबार बसेको बैठकले पौडेललाई मेयरको उम्मेदबार बनाउने निर्णय गरेको थियो ।

मेयरमा उम्मेदबार हुने योजनाका साथ पौडेल केही दिन यता भानु नगरपालिकाको विभिन्न क्षेत्रमा सक्रिय भएका छन् । भानु नपा–८ निवासी पौडेल नेकपा एकिकृत समाजबादीको तनहूँ जिल्ला सचिवालय सदस्य र तनहूँ–काठमाडौं सम्पर्क मन्चका अध्यक्ष समेत हुन् । युवा परिचालनमा उनी अब्बल मानिन्छन् । पौडेल पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट मानिन्छन् । साथै जिल्लामा श्रम मन्त्री किसान श्रेष्ठ निकट पनि हुन् । पौडेल शैक्षिक परामर्श व्यवसायी पनि हुन् ।

मेयरमा उम्मेदबार चयन भएपछि लोकवाणीसँग कुरा गर्दै पौडेलले पार्टीले दिएको हरेक जिम्मेवारीलाई अहिलेसम्म इमान्दारीको साथ पुरा गर्ने बताए । भानुवासी जनताको जीवनमा आमूल परिवर्तन र खुशियाली ल्याउनका लागि आफ्नो सम्पूर्ण सामाथ्र्य परिचालन गर्न आफु लागि पर्ने पौडेलले बताए ।

पाँच दलीय गठबन्धनमा क्षेत्र नम्बर १ मा भानु नगरपालिका नेकपा एसलाई दिने बारेमा सकारात्मक छलफल भईरहेको भन्दै उनले त्यसो भएमा निर्वाचन जित्न सहज हुने र नभएपनि एक्ला एक्लै चुनावमा जानु परेपनि खासै समस्या नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको