
बन्दिपुर, चैत २८
बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले गाउँ पालिका कमिटिका अध्यक्ष सुरेन्द्र थापालाई उम्मेदबार बनाउने भएको छ । गाउँ कमिटिको बैठकले अध्यक्ष पदमा थापालाई सर्वसम्मत उम्मेदबार चयन गरेको छ ।
गाउँ पालिका कमिटिको बैठकले अध्यक्षको रुपमा थापाको नाम मात्रै सिफारिस गरेको हो । यसले उक्त पालिकामा थापा नै एमालेको अध्यक्षको उम्मेदबार बन्ने निश्चित भएको छ ।
यसैगरि सो पालिकामा उपाध्यक्षमा भने तिन जनाको नाम सिफारिस भएको छ । उपाध्यक्षमा शान्ती कुवंर, फुलमती थापा र कल्पना शाहीको नाम सिफारिस भएको छ ।