१० जेष्ठ २०७९, मंगलवार

एमालेबाट भानुको मेयरको आकांक्षी पाण्डे भन्छन्–‘टिकट पाए जित्छु, नपाए जिताउन लाग्छु’

दमौली, बैशाख १

नेकपा एमालेबाट भानु नगरपालिकाको मेयरको उम्मेदबारी घोषणा गरेका हरिबहादुर पाण्डे आफुले टिकट पाएमा पार्टीको जित निश्चित रहेको दावी गर्छन् । तर पार्टीको नगर कमिटिले उम्मेबादर सिफारिस टुंगोमा पु¥याउन नसकेपछि आकांक्षीहरु सिफारिसमा पर्नमै जोड गरिरहेका छन् । मेयरको आकांक्षी मध्येका एक जिल्ला कमिटि सदस्य हरिबहादुर पाण्डे अन्य उम्मेदबार भन्दा एक कदम अघि बढेर चुनावी अभियानमा सक्रिय बनेका छन् ।

आकांक्षी धेरै भएपछि भानु नगर कमिटिले उम्मेदबार सिफारिस गर्न सकेको छैन । भिमाद र शुक्लागन्डकी नगर कमिटिले सहमती नभएपछि मतदानकै माध्यमबाट भएपनि उम्मेदबार सिफारिस गरिसक्दा भानु नगर कमिटिले भने आकांक्षीको नाम मात्र संकलन गरेको छ । आकांक्षीहरुको नाम संकलन गरेपछि नगर कमिटिको बैठक भने बस्न सकेको छैन । भानुमा मेयरमा हरिबहादुर पाण्डे, सिताराम बजगाई, शुनिल पाण्डे, शंकर रानाभाट, कलाकुमारी ढकाल, कृष्णराज ढकाल र श्याम थापाले नाम दर्ता गरेका छन् ।

व्यास नगर कमिटिले पनि आकांक्षीको नाम मात्र संकलन गरेको छ । व्यासमा एमालेबाट मेयरको उम्मेदबारको लागि १२ जनाले नाम दर्ता गराएका छन् । एक महिला सहित बढिमा ३ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गर्नु पर्नेमा भानु र व्यासले भने उक्त काम सम्पन्न गरेका छैनन् । एमालेले चैत मसान्त भित्र उम्मेदबार सिफारिसको काम सम्पन्न गरिसक्न सम्बन्धित कमिटिलाई निर्देशन दिएको थियो ।
उम्मेदबार सिफारिस नभएपनि पाण्डे भने चुनावी अभियानको क्रममा गाउँ गाउँमा पुगिसकेका छन् । केही दिन अघि नगर कमिटिको बैठकमा मेयरमा उम्मेदबारी घोषणा गरेका पाण्डे त्यस अघि र त्यसपछि पनि निरन्तर रुपमा भानुका विभिन्न वडामा सक्रिय बनेका छन् । नगर कमिटिमा सर्वसम्मत नभएपनि जिल्ला कमिटि र प्रदेश कमिटिले आफुलाई नै उम्मेदबार चयन गर्नेमा विश्वस्त रहेको पाण्डेले बताए ।


चुनावी अभियानको क्रममा गाउँमा पुगेका पाण्डेले अन्य पार्टीबाट एमाले प्रवेश गराउने काममा पनि सक्रिय भएका छन् । पाण्डेको सक्रियताले पछिल्लो समय भानुका विभिन्न वडामा एमालेको गतिविधि ह्वात्तै बढेको छ । अभियानको क्रममा पाण्डेले पार्टीको वार्ड कमिटिलाई चुनावी अभियान सन्चालनको लागि साउन्ड सिस्टम, झण्डा, टोपी, टिर्सट, कुर्सी र युवाहरुलाई खेल सामाग्री पनि वितरण गरिरहेका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले झिनो मतले मेयर र उपमेयरमा पराजित भएपनि यस पटक आफुले टिकट पाए उक्त परिणाम उल्ट्याउने र नगरपालिकामा एमालेको झण्डा गाड्ने पाण्डेले दावी गरे । निर्वाचन तयारीकै क्रममा पाण्डे केही महिना यता भानु नगरपालिकाको विभिन्न वडामा विभिन्न कार्यक्रम मार्फत लागि रहेका छन् । १३ वटै वडाका युवा क्लव, आमा समुह तथा विद्यालयहरुमा विभिन्न सहयोग सामाग्री उपलब्ध गराईरहेको पाण्डेले बताए । युवा क्लवलाई खेलकुँद सामाग्री, खेलकँुद पोशाक, आमा समुहलाई कुर्सी, साउन्ड सिस्टम, तथा सामुदायीक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर लगायतका सामाग्री सहयोग गर्दै आएको पाण्डेले बताए ।

पार्टी भित्र अन्य नेताहरु झैं उम्मेदबारीको स्वभाविक दावी गरेको भन्दै अन्य नेताहरुले यसमा आपत्ती जनाउनु नपर्ने पाण्डेको भनाई छ । उम्मेदबारको धेरै जना आकांक्षी रहेको र सबैले आफ्नो तर्फबाट दावेदारी प्रस्तुत गर्नु स्वभाविक रहेको उनको भनाई छ । सबै जनाले आफुले चुनाव जित्ने भन्दै दावेदारी प्रस्तुत गर्नुलाई स्वभाविक रुपमा लिने भन्दै जसले टिकट पाएपनि पार्टीको उम्मेदबारको रुपमा सबैले सहयोग गर्नु पर्ने पाण्डेको भनाई छ । उम्मेदबारको अन्य आकांक्षीहरुसँग पनि छलफल भएको भन्दै पाण्डेले सबै नेताहरु सौहार्दरुपमा चुनाव प्रचारमा लाग्नु पर्ने पाण्डेले बताए । ‘मैले टिकट पाएपनि सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु’ पाण्डेले भने ‘अन्य साथीहरुले टिकट पाएपनि मैले पुर्णरुपमा सहयोग गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको