१० जेष्ठ २०७९, मंगलवार

देवघाटको अध्यक्षमा नेपाली काँग्रेसबाट अधिकारीको सम्भावना

देवघाट, बैशाख ३

आगामी स्थानीय तहको निर्वाचनमा देवघाट गाउँपालिकामा आफ्नो बर्चश्व कायम गर्न नेपाली काँग्रेस लागि परेको छ । २०७४ को निर्वाचनमा अध्यक्षमा पराजित भएको नेपाली काँग्रेस यस पटक अध्यक्ष सहित सबै पदमा बिजयी हुने गरि परिचालित भएको दावी गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा देवघाटमा नेपाली काँग्रेस अध्यक्षमा पराजित भएपनि उपाध्यक्ष सहित ३ वटा वडामा बिजयी भएको थियो भने नेकपा एमाले अध्यक्ष सहित २ वटा वडामा बिजयी भएको थियो ।

यस पटक अध्यक्ष र उपाध्यक्ष सहित सबै वडा अध्यक्षमा बिजय हाँसिल गर्न काँग्रेस कार्यकर्ताहरु लागि परेको दावी गरिएको छ । जित हाँसिल गर्न लागि परेको दावी गरेपनि उम्मेदबारमा भने नेपाली काँग्रेसमा सहमती भईसकेको छैन । नेपाली काँग्रेसबाट देवघाटको अध्यक्षमा नौ जना आकांक्षी बनेका छन् । नौ जनाले अध्यक्षको लागि पार्टीमा नाम दर्ता गरेका छन् । त्यस्तै उपाध्यक्षमा चार जना आकांक्षी बनेका छन् ।

अध्यक्षकोलागि अर्जुन अधिकारी, तिलबहादुर थापा, प्रेमबहादुर गुरुङ, छविजंग वंशी ठकुरी, खम्बासिंह रानामगर, गोविन्दप्रसाद न्यौपाने, विमला थापा मगर, कुलबहादुर गुरुङ र कर्णबहादुर गुरुङले नाम दर्ता गराएका छन् भने उपाध्यक्षमा भिमकुमारी धाई थापा पौडेल, इन्द्रमाया थापा मगर, राधा खनाल र राममाया आलेले नाम दर्ता गराएका छन् ।

एक काँग्रेस कार्यकर्ताका अनुसार देवघाटमा अर्जुन अधिकारी नै नेपाली काँग्रेसको सबैभन्दा बलियो उम्मेदबार हुन् । उनी नै गाउँपालिकाको अध्यक्ष बन्ने अधिक सम्भावना भएको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । वडा नम्बर ५ का बासिन्दा अधिकारी विभिन्न सामाजिक काममा निकै सक्रिय छन् । विभिन्न व्यवसाय समेत सन्चालन गरेका उनी काँग्रेस कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् । देवघाटमा नेपाली काँग्रेसको संगठन विस्तार गर्न, एमाले नेतृत्वको गाउँपालिकाले गरेको विभिन्न अनियमिताको विरोध गर्न र पार्टीलाई सशक्त बनाउन अधिकारी लागि परेको एक काँग्रेस कार्यकर्ताले बताए ।

अधिकारी स्वयं पनि पार्टीले विश्वास गरेर आफुलाई अध्यक्षको टिकट दिएमा बिजयी हुने बताए । उनले आफ्नो नेतृत्वमा पार्टीलाई बिजयी गराउने दावी गरे । एमाले नेतृत्वको गाउँपालिकाले विगत पाँच वर्षमा धेरै अनियमितता गरेको र त्यसबारेमा आफुले गहिरो ढंगले अध्ययन गरेको भन्दै अधिकारीले एमालेको भण्डाफोर गरि पार्टीलाई जिताउने नेतृत्वगर्ने र देवघाटलाई वास्तविक देवघाट बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको