१० जेष्ठ २०७९, मंगलवार

देवघाटमा बृहत मोटरसाईकल र्याली

देवघाट, बैशाख २६

आगामी स्थानीय निर्वाचनको लागि आफ्नो पक्षमा माहौल बनाउन नेकपा एमाले निकट युवाहरुले सोमबार देवघाटमा बृहत मोटरसाईकल र्याली निकालेका छन् । वडा नम्बर ५ को दासढुङ्गाबाट सुरु भएको मोटरसाईकल ¥याली वडा नम्बर ५ को विभिन्न भागको परिक्रमा गरेको थियो ।

सो ¥यालीमा गाउँ पालिका अध्यक्षका उम्मेबाद दुर्गबहादुर थापा, वडा नम्बर ५ का अध्यक्षका उम्मेदबार शिवराज पौडेल लगायतले निर्वाचनमा एमालेको बिजयको विकल्प नभएको बताए । सो ¥यालीमा पाँच सय भन्दा बढि मोटरसाईकल सहितका युवाहरुको सहभागिता रहेको थियो ।

दोश्रो पटक गाउँपालिकाको अध्यक्ष बन्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएका थापा आफुले पहिलो कार्यकालमा गरेको काम नै जितको आधार भएको दावी गरेका छन् । विगत पाँच वर्षमा आफुले धेरै राम्रा कामहरु सुरुवात गरेको र ति कामहरु सम्पन्न हुन नसकेको हुँदा ति अधुरा कामलाई सम्पन्न गर्न एक पटक आफु अध्यक्षमा दोहोरिन चाहेको थापाले बताए । आफुले सुरु गरेका राम्रा कामलाई देवघाटका जनताले रुचाएको हुँदा त्यही काम हेरेर मत दिने विश्वास थापाले गरे ।

देवघाट नेपालकै पहिलो पुर्ण सरसफाई युक्त स्थानीय तह भएपनि घोषणा हुन बाँकी रहेको छ । थापाले पुर्ण सरसफाई युक्त पहिलो स्थानीय तह घोषणा गराउने आफ्नो प्रतिबद्धता रहेको बताए । त्यसैगरि स्वच्छ खानेपानी, पुर्ण वातावरण मैत्री नुमना गाउँ, बालमैत्री गाउँ घोषणा र कार्यान्वयनलाई पनि कार्यान्वयन गर्ने उनले बताए । अर्गानिक कृषि अभियानलाई निरन्तरता, सबै कच्ची सडकको स्तरोन्नती, कोटा निर्माणाधिन गाउँपालिका स्तरीय खेलकुँद रंगशालाको पुर्णता दिने काम पनि मुख्य प्राथमिकतामा रहेको थापाले बताए ।

वडा नम्बर २ को कोटबैदीमा कृषि अनुसन्धान केन्द्रको स्थापना, वडा नम्बर १ को कोटामा पशु विकास फारमको स्थापना, वडा नम्बर ४ को कर्तापमा जनजाती संग्रहालयको निर्माण तथा वडा नम्बर, १, ३ र ४ मा पर्ने घन्टाचुली पर्यटकीय पुर्वाधारको निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताए ।

गाउँपालिका भित्र सन्चालनमा रहेको ८ वटा होमस्टेको प्रबद्र्धन गरि अन्य ठाउँमा पनि होमस्टे सन्चालनको लागि पहल गर्ने, विभिन्न स्थानमा बाख्रा पालन, तरकारी खेती, लिचि खेती र सुन्तला खेती प्रबद्र्धनको कार्यक्रम सन्चालन गर्ने, गाउँपालिकाको लगानीमा देवघाटमा कोल्ड स्टोरको निर्माण गर्ने मुख्य प्राथमकिताहरु रहेको थापाले बताए । यसैगरि अन्तराष्ट्रिय सामाजिक तथा गैरसरकारी संस्थाहरु रोटरी क्लव र हेफर इन्टरनेशनलसँगको साझेदारीलाई विस्तार गरि विपन्न नागरिकको आर्थिक स्तर बृद्धीको काम गर्ने थापाले बताए ।

देवघाट नेपालकै महत्वपुर्ण धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यहाँका मठ मन्दिर, धर्मशाला, गुरुकुल तथा धार्मिक प्रतिष्ठानहरुको संरक्षण र प्रबद्र्धन गरि धार्मिक वातावरण निर्माण गर्ने थापाले बताए । धार्मिक वातावरण निर्माणको लागि देवघाट क्षेत्रमा मांस मदिरा निषेध, वडा नम्बर ५ को बजार क्षेत्रका सबै घरमा एकै खाले रङको प्रयोग गर्ने कुरालाई पनि आफुले प्राथमिकतामा राखेको थापाले बताए । आफुले विगत पाँच वर्षको अवधिमा धेरै कुराहरु सिकेको र अनुभव लिएको भन्दै थापाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न अबको पाँच बर्ष लगाउने बताए । सत्तारुढ गठबन्धनको साझा उम्मेदबार भएपनि आफुलाई केही फरक नपर्ने भन्दै थापाले आफु र पार्टीका उम्मेदबारहरुको जित निश्चित रहेको दावी गरे ।

आफ्नो कार्यकालमा देवघाटमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, सबै वडामा वडा कार्यालय भवन निर्माण सुरु, सुविधासम्पन्न १० शैयाको अस्पताल भवनको निर्माण सुरु भएको, हेफर इन्टरनेशनलको साझेदारीमा कृषि तथा पशु विकास कार्यक्रम, देवघाटलाई नेपालकै पहिलो पुर्ण सरसफाई युक्त स्थानीय तह बनाउन सफल भएको तथा युनिसेफको सहयोगमा स्वच्छ खानेपानीको व्यवस्थापनको काम महत्वपुर्ण भएको उनले थापाले बताए । आफ्ना केही महात्वाकांक्षी योजनाहरु भरखर सुरु भएको हुँदा त्यसलाई सम्पन्न गर्न अझै एक कार्यकाल अध्यक्ष बन्नु पर्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको