१० जेष्ठ २०७९, मंगलवार

एमालेको नेतृत्वमा मात्र विकास र सम्बृद्धी सम्भव हुनेः एमाले नेता गुरुङ

भिमाद, बैशाख २६

नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले नेकपा एमालेको नेतृत्व मात्र विकास र सम्बृद्धी सम्भव हुने बताएका छन् । भिमाद नपा ५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले विकास, समृद्धी र सुशासनको लागि स्थानीय निर्वाचनमा एमालेका उम्मेदबारलाई जिताउनु पर्ने बताए ।

पुर्व मन्त्री समेत रहेका गुरुङले एमालेको नेतृत्वमा मात्र विकास र समृद्धीको अभियान पुरा हुने बताए । जेष्ठ नागरिक, एकल महिला, दलित र उपेक्षित समुदायलाई एमालेको नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर राज्यबाट अपनत्व प्रदान गरिएको नेता गुरुङको भनाई थियो ।

गन्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री गुरुङले आफु मन्त्री हुँदा भिमाद क्षेत्रको विकासको लागि धेरै योजनाहरु समावेश गरेको बताए । भिमाद देखी देउराली भन्ज्याङ, मानपुर हुँदै रामपुर जोड्ने कृष्णमार्ग कालोपत्रे गर्ने कार्यको लागि आफुले नै बजेट बिनियोजन गरेर काम सुरु भएको गुरुङले बताए । एमाले नेतृत्वको प्रदेश सरकारले सुरु गरेको एक घर एक धाराको कार्यक्रम बर्तमान सरकारले बन्द गरेको आरोप लगाए ।

एमालेलाई जित्न नसकिएपछि पाँच वटा पार्टीको गठबन्धन गर्नु परेको भन्दै गुरुङले केन्द्रमा रहेको पाँच पार्टी जिल्ला र स्थानीय तहसम्म आईपुग्दा दुई वटामा खुम्चिनु परेको बताए । अव स्थानीय चुनाव पछि यो गठबन्धन तहस नहस हुने गुरुङको दावी थियो ।
सो कार्यक्रममा मेयरका उम्मेदबार दधिराज सुवेदी र उपमेयरकी उम्मेदबार शारदा खनाल, निवर्तमान मेयर मेखबहादुर थापा, नेकपा एमाले भिमादका अध्यक्ष इमान थापाले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको