१० जेष्ठ २०७९, मंगलवार

दमौलीमा एमाले र जोशी समुहको शक्ति प्रर्दशन

दमौली, बैशाख २७

स्थानीय चुनाव आउन ३ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरु अन्तिम कसरतमा लागेका छन् । बुधबार विहान १२ बजेदेखी निर्वाचनको कुनै पनि कार्यक्रम सन्चालन गर्न नपाउने मौन अवधि सुरु हुने भएपछि मंगलबार जिल्लाभर चुनावी ¥याली र सभाको कार्यक्र आयोजना गरियो ।

एमालेले सदरमुकाम दमौली सहित, शुक्लागन्डकी नपा र म्याग्दे गाउँपालिकामा मंगलबार चुनावी सभाको आयोजना गरेको थियो । अन्य पालिकामा भने क्रमश यस अघि नै कार्यक्रमहरु भएका थिए । मंगलबार दमौलीमा एमाले र जोशी समुहको संयुक्त ¥याली र चुनावी सभाको आयोजना गरिएको थियो । नेपाली काँग्रेसले भने गत शनिबार सभाको आयोजना गरेको थियो ।

मंगलबार एमाले र जोशी समुहले गरेको ¥याली र सभालाई सो समुहले शक्ति प्रर्दशन भनेको छ । सभामा हजारौं जनसहभागिता रहेको थियो । सयौंको सख्यामा रहेका मोटरसाईकल र पैदल ¥याली अनसन चोकबाट सुरु भई दमौलीको विभिन्न भागको परिक्रमा गरि पुन अनसन चौतारीको खुल्ला चौरमा आई सभामा परिणत भएको थियो ।

सो सभालाई नेकपा एमाले स्थायी समितिका सदस्य किरण गुरुङ, नेपाली काँग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी, एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले तनहूँका सचिव राजेश्वर ढकाल एमाले तनहूँका उपसचिव प्रदिपराज अधिकारी, नेपाली काँग्रेसकी पुर्व महासमिति सदस्य बालकुमारी लोहोनी, नेपाल शिक्षक संघका सभापती कमलभक्त पोख्रेल, विपि विचार समाजका हरिशरण पण्डित लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रममा मेयरका उम्मेदबार दिपकराज जोशी र उपमेयरकी उम्मेदबार बसुन्धरा घर्तीले आफ्नो प्रतिबद्धता मन्तव्य राखेका थिए ।

नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष एवं निर्वाचन परिचालन कमिटिका संयोजक तुल्सीराम पाण्डेको अध्यक्षतामा आयोजित सो कार्यक्रमको सन्चालन एमाले व्यास नगरका सचिव ज्ञानेन्द्र बसौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको