१० जेष्ठ २०७९, मंगलवार

भिमाद घटनामा एमाले र काँग्रेस विच आरोप प्रत्यारोप

दमौली, बैशाख २८

मंगलबार राती भिमाद नपा–२ मा एमाले र काँग्रेसका कार्यकर्ता विच भएको झडपलाई लिएर ति दुई पार्टीले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् । भिमाद नपा–२ फुचुङ्गमा मंगलबार राती १०.३० बजे एमाले र काँग्रेस कार्यकर्ता विच झडप भएको थियो ।

सो घटनामा नेकपा एमाले र नेपाली काँग्रेसले छुट्टाछुट्टै विज्ञप्ति निकालेर एक अर्कालाई आरोप लगाएका छन् । नेकपा एमालेले भिमाद नपा–२ का नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदबार भिमबहादुर थापा (मणी) को नेतृत्वमा २० जना जतिका कार्यकर्ताहरु नाराबाजी गर्दै हतियार प्रर्दशन गर्दै जनतालाई आतंकित बनाउँदै हिडेको आरोप लगाएको छ ।

रातीको समयमा जनतालाई आतंकित पार्ने उक्त कार्य निर्वाचन आचार संहिताको विपरित भएको भन्दै एमालेले निर्वाचनलाई निश्पक्ष, भयरहित र शान्तिपुर्ण बनाउनको लागि यस्तो कानुन विपरितको कार्य गर्ने समुहलाई कारवाही गर्नु पर्ने माग गरेको छ । निर्वाचन आचार संहितको पुर्ण पालना गर्दै शान्पिुर्णरुपमा निर्वाचन सम्पन्न गर्ने पुर्व प्रतिबद्धता विपरितको कार्य भएकोमा एमालेले आपत्ती जनाएको छ । एमाले तनहँुका सचिव राजेश्वर ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचनलाई असुरक्षा महशुस गराउनका निम्ति गरिएका यस्ता क्रियालकलापमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

यसैगरि नेपाली काँग्रेसले पनि विज्ञप्ति मार्फत उक्त घटनामा एमाले कार्यकर्ताहरुको संलग्नता भएको भन्दै काराहीको माग गरेको छ । नेपाली काँग्रेसको कार्यक्रममा सहभागी भई फर्कदा नेकपा एमालेका कार्यकर्ताहरुहरुले हतियार प्रयोग गरि नेपाली काँग्रेसका कार्यकर्ता विवश थापा माथि आक्रमण गरी घाईते वनाएको काँग्रेस तनहूँले विज्ञप्ति मार्फत जनाएको छ ।

उक्त घटनामा एक थान तरवार, एक थान खुकुरी र ४ वटा मदिराको वोतल बरामद भएको भन्दै काँग्रेसले उक्त घटनामा दोषी व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाउन प्रशासनसँग माग गरेको छ । यस किसिमका आक्रमणका घटनाले निष्पक्ष र धाधली रहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विषयमा आशंका उत्पन्न भएको काँग्रेस तनहुँका सभापती जितप्रकाश आलेले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको