१० जेष्ठ २०७९, मंगलवार

घिरिङमा मतगणनास्थल परिवर्तन

दमौली, बैशाख २८

घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । यस अघि वडा नम्बर ३ स्थित चन्द्रज्योती माविमा मतगणना गरिने निर्णय भएकोमा सोमबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल गाउँपालिकाको प्रशासकीय भवनमा तय गर्ने निर्णय गरेको घिरिङ गाउँपालिकाका निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए ।

विद्यालय भवनमा सुरक्षाको प्रत्याभुती नहुने र निर्वाचन लगत्तै विद्यालय भर्ना लगायतको शैक्षिक कार्यक्रम सन्चालन गर्नुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा एमालेले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभुती नहुने गणनाको क्रममा धाँदली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनु पर्ने एमालेले माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको